

एसीसी इमर्जिङ टिम्स एसिया कप आजदेखि : नेपालको खेल भाेलि पाकिस्तानसँग


काठमाण्डाै
एसीसी इमर्जिङ टिम्स एसिया कप आजदेखि श्रीलङ्कामा हुँदैछ । प्रतियोगिताको पहिलो दिन आज समूह ‘ए’ का दुई खेल हुँदैछन् ।
घरेलु टोली श्रीलङ्का ‘ए’ र बङ्लादेश ‘ए’ बीचको खेल सिंहालिस स्पोर्ट्स क्लब कोलम्बोमा हुँदैछ । त्यस्तै, आजको अर्को खेलमा अफगानिस्तान ‘ए’ र ओमान ‘ए’ कोलम्बो क्रिकेट क्लबमा खेल्नेछन् । यी खेल नेपाली समय अनुसार बिहान सवा १० बजे शुरु हुनेछ । प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा श्रीलङ्का ‘ए’, बङ्लादेश ‘ए’, अफगानिस्तान ‘ए’, र ओमान ‘ए’ तथा समूह ‘बी’ मा पाकिस्तान ‘ए’, भारत ‘ए’, नेपाल र यूएई ‘ए’ रहेका छन् । नेपालले पहिलो खेलमा भाेलि पाकिस्तानको ‘ए’ टोलीसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।
नेपालले दोस्रो खेल भारतको ‘ए’ टोलीसँग साउन एक गते र यूएईको ‘ए’ टोलीसँग साउन ३ गते खेल्नेछ । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल साउन ७ गते हुनेछ ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया