

केपी र गोकुलबीच दुई महिनादेखि बोलचाल बन्द



काठमाडौँ
एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निकट र विश्वासपात्र मानिएका गोकुलप्रसाद बाँस्कोटा यतिबेला ओलीसँगै असन्तुष्ट बनेका छन् । पछिल्लो केन्द्रीय कमिटीको निर्णयपछि उनी ओलीसँग असन्तुष्ट बनेका हुन् ।
‘विगत दुई महिना यता ओली र बाँस्कोटाबीच बोलचाल नै बन्द भएको छ । केन्द्रीय कमिटीको निर्णयपछि बाँस्कोटा असन्तुष्ट रहेका छन्’, स्रोतले भन्यो ।
३० जेठमा सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले ‘ग्रासरुट’बाटै युवा नेतृत्व विकासका लागि ‘वडावडा ः भावी युवा नेता’ कार्यक्रम चलाउने निर्णय लिएको थियो ।
साथै पार्टीमा युवा सहभागिता न्यून हुँदै गएको निष्कर्षसहित पारित वार्षिक कार्ययोजना कार्यान्वयन गराउन २३ जेठमा अध्यक्ष केपी ओलीले अन्तरपार्टी निर्देशन (अपानी) जारी गरेका थिए ।
अन्तरपार्टी निर्देशनमा भदौदेखि शुरु हुने प्रदेश, जिल्ला, पालिका हुँदै वडासम्मको अधिवेशनबाट सबै कमिटीमा ३५ वर्षमुनिका कम्तीमा एकतिहाइ युवालाई आरक्षण गर्ने, हरेक वडाबाट कम्तीमा १० जना प्रतिभाशाली क्षमतावान् युवा नेता उत्पादन गर्ने निर्णय कार्यान्वयन गराउन भनिएको छ ।
अपानी कार्यान्वयन गराउन एमालेका केन्द्रीय नेताहरू नयाँ जिम्मेवारीसहित प्रदेश र जिल्ला कमिटीको बैठकका लागि कार्यक्षेत्रमा व्यस्त रहेका बेला बास्कोटा भने तोकिएको कार्यक्षेत्रमा गएका छैनन् ।
उनले प्रमुख जिल्ला अधिकारी प्रजीअ सरुवा जस्तो भएको भूगोलबाट नेताहरुलाई विस्थापन गरेको विकास निर्माणको कामबाट सम्बन्धित क्षेत्रबाट सांसदलाई टाढा राख्न खोजेको भन्दै केन्द्रीय कमिटीको बैठकपछि जारी गरेको अपानीकै उल्लंघन गरेर असहमति जाहेर गरेका छन् ।
पार्टीले उनको क्षेत्रमा काठमाडौँबाट कृष्ण राई र उनलाई उनलाई सिन्धुपाल्चोकमा खटाएको थियो । राई उनको क्षेत्रमा पुगेका छैनन् भने बाँस्कोटा पनि सिन्धुपाल्चोक गएका छैनन् ।
अपानी जारी भएपछि पार्टीमा व्यापक युवा भर्ति गर्ने निर्णय कार्यान्वयन गराउन पार्टी अध्यक्षले नै निर्देशन दिएका थिए । अध्यक्ष ओलीले पार्टी काम र आन्तरिक प्रतिस्पर्धा जितेर मात्र युवा पुस्ता जिम्मेवारीमा पुग्न सक्ने अभिव्यक्ति दिएका थिए ।
पार्टी निर्णयसँग विरोधाभासजस्तो देखिने ओलीको पछिल्लो अभिव्यक्तिले एमालेको पछिल्लो नीति र निर्णय कार्यान्वयनमाथि शंका उब्जाएको भन्दै बाँस्कोटाले त्यसको अवज्ञा गरेका छन् ।
उनले पार्टी महासचिव शंकर पोखरेललाई फोन गरेर पार्टी नेता र कार्यकर्ता निजामती कर्मचारी होइन, एक–एक वर्षमा सरुवा गर्ने पार्टीको कुन नीति र विधि अन्तर्गत हो भन्दै सिन्धुपाल्चोक नजाने जानकारी दिइसकेका छन् ।
३० बैशाखमा सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले नयाँ कार्ययोजनाअन्तर्गत युवाहरूलाई कमिटीमा संगठित गर्न देशैभर छोराछोरी अभियान चलाउने, सबै कमिटीमा ३५ वर्षभन्दा कम उमेरका ३५ प्रतिशत सिट आरक्षित गर्ने, पूर्वदेखि सुदूरपश्चिमसम्म आगामी मंसिरमा मध्यपहाडी लोकमार्ग र हुलाकी मार्ग केन्द्रित अभियान चलाउने, यूएमल–न्यूएमल अभियान, कूल मतदाताको ३३ प्रतिशतसम्म पार्टी सदस्यता विस्तार अभियान चलाउने, असारसम्म पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्नेलगायत प्रस्ताव पास गरेको थियो ।
त्यसैलाई समेटेर सचिवालयले दोस्रो ग्रासरुट चलाउने गरी बनाएको विस्तृत कार्ययोजनालाई एमालेले सर्कुलर जारी गरेको थियो । एमालेले दोस्रो चरणको ‘मिसन ग्रासरुट’का लागि एकैपटक वरिष्ठ उपाध्यक्षसहित तीन सय ६० केन्द्रीय सदस्यको जिम्मेवारीमा व्यापक हेरफेर गरेको थियो ।
सबैलाई कार्यकारी जिम्मेवारी दिने नीतिअन्तर्गत सहइन्चार्ज र उपप्रमुखको जिम्मेवारी खारेज गरेर एमालेले केन्द्रीय तहका नेतालाई पालिका तहसम्म इन्चार्जका रूपमा खटाएको थियो ।
सबै केन्द्रीय सदस्यहरुले जिल्ला पालिकासम्म्को जिम्मेवारी पाएका थिए ।


खबर सबै
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै






प्रतिक्रिया