

राष्ट्रियसभा बैठकमा आज पनि एमालेकाे अवराेध



काठमाण्डाै
नेकपा एमालेका सांसदहरूकाे अवराेधपछि राष्ट्रियसभा बैठक आज शुक्रवार पनि स्थगित भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन पहिलेकाे एक कार्यक्रममा दिएकाे अभिव्यक्तिका कारण उहाँकाे राजीनामा माग्दै एमाले सांसदहरूले आजकाे बैठकमा पनि अवराेध गरेका हुन् । याेसँगै राष्ट्रियसभा बैठक लगातार तेस्राे दिन स्थगित भएकाे छ । एमालेको अवरोधका कारण बुधवार र बिहीवारको बैठक पनि स्थगित भएको थियो ।
बैठकमा एमालेकी सांसद विमला घिमिरेले आफ्नो पार्टीले कुनै आग्रह, पूर्वाग्रह र कुण्ठाले भन्दा पनि राष्ट्र र नागरिककाे स्वाभिमान र संसद्को गरिमाको रक्षा गर्नका लागि प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद् बैठक चल्न नदिने अडान लिनुपरेको बताउनु भयो । देशकै सम्मानित पदमा पुगेका व्यक्तिले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्तिले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रियता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि आँच आएकाे उहाँकाे दाबी थियाे । प्रधानमन्त्रीले कुर्सीमा बस्ने नैतिक अधिकार गमाइकेकाले तत्काल राजीनामा दिनुपर्ने उहाँकाे माग थियाे ।
एमाले सांसदहरूकाे अवरोधपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले अर्काे बैठक पर्सि आइतवार दिउँसाे ११ बजेर ३१ मिनेटमा बस्ने गरी बैठक स्थगित गर्नुभएकाे हाे ।


खबर सबै
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै






प्रतिक्रिया