भाडामा बसेका व्यक्तिमाथि जातीय विभेद गरेको आरोपमा घरबेटी पक्राउ

दाङ । कोठा भाडामा बसिरहेका व्यक्तिलाई जातीय विभेद गरेको आरोपमा घोराहीमा एक घरबेटी पक्राउ परेका छन् ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–७ कुल्लेटोला २३ वर्षीय महेन्द्र विकलाई दलित भन्दै घरनिकाला गरेको उजुरी परेपछि घोराही उपमहानगरपालिका–१७ पनौरा निवासी ६० वर्षीय ताराप्रसाद रेग्मीलाई शनिबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

असार १२ गतेदेखि कोठा भाडामा लिई परिवारसहित बस्दै आएका विकलाई शुक्रबार राति रेग्मीले ‘दलितलाई कोठा भाडामा दिन नसक्ने’ भन्दै जबर्जस्ती घरनिकाला गरी आत्मसम्मानमा चोट पु¥याएको भनी जाहेरी परेपछि पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताए ।

प्रतिक्रिया

खबर सबै