

विश्वकप क्रिकेट छनोटको प्ले अफमा नेपालले यूएईलाई ३ विकेटले हरायो


काठमाडौं । जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्र्गत आज भएको सातौं स्थानको प्लेअफ खेलमा नेपाल ३ विकेटले विजयी भएको छ । सातौं स्थानका लागि भएको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईलाई ३ विकेटले पराजित गरेको हो ।
जिम्बाव्वेको हरारेमा जितका लागि पाएको १८२ रनको लक्ष्य नेपालले ४४ औं ओभरमा भेट्टाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ८५ बलमा ७ चौका र २ छक्काको सहयोगमा अविजित ७९ रनको अर्धशतकीय ईनिङ खेले । ६३ रनमा ६ विकेट गुमाईसकेको नेपालका लागि दीपेन्द्र र गुलसन झाले सातौं विकेटका लागि ४६ बलमा ४३ रनको साझेदारी गरेर खेलमा फर्काउने कोसिस गरे । गुलसन १२ रन बनाउँदै रोहन मुस्ताफाको बलमा आउट भएसँगै साझेदारी तोडिएको थियो ।
आठौं विकेटका लागि दीपेन्द्रले सन्दीप लामिछानेसँग मिलेर ९० बलमा ७९ रनको विजयी साझेदारी गरे । सन्दीपले ३७ बलमा २ चौकाको साथमा अविजित २३ रन बनाए । यूएईले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनाएको थियो । यूएईका लागि वृत्य अरबिन्दले सर्वाधिक ४४ रनको योगदान दिए । उनले ७५ बलमा ४ चौकाको मद्दतमा ४४ रन बनाएका थिए ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया