

विश्वकप छनोटमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै, सुपर सिक्समा पुग्न जित्नैपर्ने दबाब


काठमाण्डाै
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोट अन्तर्गत आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । नेपाल र नेदरल्यान्ड्सबीचको खेल जिम्बावेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बजेदेखि सुरु हुँदैछ ।
समूह ‘ए’ बाट सुपर सिक्समा पुग्न नेपालले आज नेदरल्यान्ड्सलाई हराउनुपर्ने दबाब छ । नेपाल पराजित भए बाहिरिनेछ । आज नेपालले जितेमा र अन्तिम खेलमा पर्सि सोमबार नेदरल्यान्ड्स वेस्ट इन्डिजसँग पराजित भए नेपाल सुपर सिक्समा पुग्नेछ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपाल तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनले हारेको थियो ।
समूह ‘ए’ मा दुवै खेल जितेका वेष्ट इन्डिज पहिलो र जिम्बावे दोस्रो स्थानमा छन् । नेदरल्याण्ड्सले २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा छ । त्यस्तै ३ खेलमा दुई अंक जोडेको नेपाल चौथो र ३ खेलमा जितविहीन रहेको अमेरिका पुछारमा छ । शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया