साफ च्याम्पियनशिप अन्तर्गत पहिलो खेलमा नेपाल कुवेतसँग पराजित

काठमाण्डाै : साफ च्याम्पियनशिप २०२३ अन्तर्गत पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएकाे छ ।

भारतकाे बेङ्गलोरमा रहेकाे कन्तिराभा रङ्गशालामा आज बुधवार भएकाे खेलमा नेपाल कुवेतसँग ३–१ गाेलले पराजित भयाे । पहिलाे हाफमा २ गाेल खाएकाे नेपालले दाेस्राे हाफमा थप एक गाेल खायाे ।

कुवेतका लागि कप्तान खालेद हजियाले खेलकाे २३ औँ, शाइबाइबा अल्खाल्दीले ४१ औँ र माेहम्मद अब्दुल्लाहले ६५ औँ मिनेटमा गाेल गरे ।

नेपालका अञ्जन विष्टले ६८ औँ मिनेटमा सान्त्वना गाेल फर्काए ।

प्रतिक्रिया

खबर सबै