

वेस्ट इन्डिजलाई हराउन सके नेपालको सुपर सिक्स सम्भावना कति ?





काठमाडौँ । जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले भोलि (बिहीबार) टेस्ट राष्ट्र वेस्ट इन्डिजको सामना गर्दैछ । समूह ‘ए’ मा रहेका नेपाल र वेस्ट इन्डिजबीचको खेल हरारे स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार दिउँसो १२ः ४५ बजेबाट सुरु हुनेछ ।
पहिलो खेलमा आयोजक जिम्बाब्वेसँग ८ विकेटको पराजय बेहोरेको नेपालले दोस्रो खेलमा भने अमेरिकालाई ६ विकेटले हराएको थियो । वेस्ट इन्डिजले खेलेको एक मात्र खेलमा अमेरिकालाई ३९ रनले पराजित गरेको थियो ।
जिम्बाब्वेमा जारी प्रतियोगितामा १० टिमको सहभागी रहेको छ । दुई समूहमा ५(५ टिम रहेको र दुवै समूहबाट समान ३(३ टिम सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्समा पुग्ने टोलीमध्ये शीर्ष दुई टिम भारतमा यसै वर्ष आयोजना हुने एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् ।
बिहीबारको खेलमा नेपालले वेस्ट इन्डिजलाई हराए सुपर सिक्समा स्थान बनाएर विश्वकपमा छनोट हुने सम्भावना बलियो बनाउन सक्छ । नेपाललाई टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध खेल्न भने सहज हुँदैन । टेस्ट राष्ट्रविरुद्ध नेपालको यो दोस्रो खेल मात्र हो । पहिलो खेलमा नेपालले जिम्बाब्वेविरुद्ध हार बेहोरिसकेको छ ।
नेपालले दोस्रो खेलमा अमेरिकालाई हराएको हुँदा मनोबल भने उच्च रहेको छ । नेपालले बिहीबार हुने खेलमा बलिङ, ब्याटिङ र फिल्डिङमा उत्क्रिष्ट प्रदर्शन गर्न सके वेस्ट इन्डिजलाई पराजित गर्न सम्भव हुने छ । नेपालका प्रमुख लेग स्पिनर सन्दीप लामिछाने लगातार दुई खेलमा विकेटविहिन छन् । तर वेस्ट इन्डिजविरुद्ध उनी लयमा आए नेपालले जित्ने सम्भावना पनि बलियो बन्नेछ ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया