

विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बाव्वेसँग पराजित

काठमाडौं
विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको छ ।
नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्दै जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिए पनि हरारेको मैदानमा नेपाली बलरहरु घरेलु टोली जिम्बाव्वेलाई रोक्न असफल भए ।
२९१ रनको लक्ष्य जिम्बाव्वेले २ विकेट गुमाएर ४४.१ ओभरमा भेट्टायो । उसका लागि १६४ रनको साझेदारी गरेका क्रेग इर्भिन र सेन विलियम्स दुवैले नट आउट शतकीय पारी खेले ।
कप्तान इर्भिनले १२८ बल खेल्दै १५ चौका र १ छक्का मद्दतमा नटआउट १२१ रन बनाए । यस्तै विलियम्सले ७० बल खेल्दै १३ चौका र २ छक्का मद्दतमा १०२ रन बनाए ।
वेस्ली मधेभरे ३२ तथा जोयलर्ड गम्बी २५ रनमा आउट भए । नेपालका लागि सोमपाल कामी र गुल्शन झाले १-१ विकेट लिए ।
हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै एक दिवसीय क्रिकेटमा आफ्नोफ तेस्रो ठूलो योगफल २९० रन बनाएको थियो ।
जिम्बाव्वेविरुद्ध ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले १७१ रनको कीर्तिमानी साझेदारी गरे । कुशल एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक बनाउन १ रनले चुके । जिम्बाव्वेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड गरे । ९५ बल खेलेका उनले १३ चौका र २ छक्का प्रहार गरे ।
अर्का ओपनर आसिफ शेख १०० बलमा ७ चौका सहित ६६ रनमा वसलिङटोन म्याजाकाजाको बलमा रायन बर्लको हातबाट क्याच आउट भए ।
तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले ६७ रनको साझेदारी गरे । कुशल मल्ल ४१ तथा रोहितकुमार पौडेल ३१ रनमा आउट भए ।
गुल्सन झा १३ रन, आसिफ शेख १० तथा दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए भने भीम सार्कीले खाता नै खोल्न सकेनन् । करण केसी २ तथा सोमपाल कामी खाता नै नखोली नटआउट रहे ।
समूह ए मा नेपालले दोस्रो खेल मंगलबार अमेरिकासँग खेल्नेछ ।


खबर सबै
-
विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा
-
विष्णु पौडेल पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै






प्रतिक्रिया