

के गर्मीले गर्दा घमौरा आयो ? यसरी गर्नुहोस घमौराको घरेलु उपचार





काठमाडौं । गर्मी महिना शरीरमा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखा पर्छन्। गर्मी मौसममा देखिने घमौरालाई धेरैले ठूलो समस्या मान्छन्। घमौरा पसिनाको ग्रन्थीहरूबाट आउने संक्रमण हो।
कहिलेकाहीँ कुनै कारणवश शरीरमा पसिनाका प्वालहरू बन्द भए भने घमौरा देखिने चिकित्सकको भनाइ छ। गर्मीको समयमा घमौरा जुनसुकै उमेर समूहका मानिसमा पनि देखिन्छ। घमौरा धेरैजसो घाँटी, काखी वा कापमा देखिने हुन्छ। यसबाहेक शरीरका जुनसुकै भागमा पनि देखिन सक्छ। घमौरा कसैलाई चिलाउने र कसैलाई नचिलाउने पनि हुन्छ। गर्मीबाट जोगिनु नै घमौरा आउन नदिने पहिलो उपाय हो। त्यसैले धेरै घाममा बस्नु हुँदैन। धेरै मानिसले घमौरा आएको ठाउँमा भ्यासलिन वा विभिन्न क्रिम लगाउने गरेको पाइन्छ। तर त्यसले समस्या थप बढ्न सक्छ।
यी कारणले आउँछ छालामा घमौरा
– गर्मी मौसममा बाक्लो लुगा लगाउँदा छालामा घमौरा आउँछ।
– धेरै घाममा बस्ने मानिसमा घमौरा आउँछ ।
– अधिक मात्रामा पसिना आउने मान्छेमा घमौरा आउँछ।
– धेरै फोहोर खेल्ने र नियमित हातखुट्टा राम्ररी सफा नगर्दासमेत घमौरा देखिन्छ।
– शरीरमा धेरै फोहोर मैला जम्मा हुनु घमौराको कारण हो।
– खुला र स्वच्छ हावा लाग्ने ठाउँ नहुँदा घमौरा देखिन सक्छ ।
– अधिक मात्रामा तातो पदार्थको सेवन गर्दा गर्मी मौसममा घमौरा आउँछ।
(शरीर धेरै कपडाहरूले ढाकिनु आदि कारणले घमौरा निस्कन्छ।
घमौराको घरेलु उपचार
(घमौरा आएको ठाउँमा थोरै माटोको पेस्ट बनाएर लगाउँदा घमौरा चिलाउने पोल्ने समस्या कम हुन्छ।
– गाउँघर तिर पाइने सर्सिउँको तेलमा कपुर हालेर घमौला भएको ठाउँमा लगाए आराम मिल्छ।
(घमौरा धेरै पोल्न थालेमा पाउडर लगाउन सकिन्छ।
(घमौरामा लोसन लगाउनाले चिलाउनेक्रम कम हुन्छ र जलन मेटिन्छ।
(दिनमा तीन पटकसम्म एक एक चम्चा घ्यूकुमारीको जेललाई घमौरामा लगाउनु राम्रो हुन्छ।
(लसुन केलाएर मजाले पिसेर लेप बनाउने र घमौरा आएको भागमा दल्ने गर्नुपर्छ।
– निमको पातलाई पानीमा उमालेर चिसो बनाउने र घमौरा आएको ठाउँमा लगाएर आधा घण्टापछि नुहाउने गर्नुपर्छ।
(गर्मीबाट हुने घमौराजन्य घाउँ, खटिरा बालबालिकालाई कोट्याउन दिनु हुँदैन।
– गर्मीमा नुहाएपछि नरिवलको तेलमा कपुर मिसाएर शरीरको मालिस गर्नाले घमौरा कम हुँदै जान्छन्।
– धेरै बाक्लो कपडा लगाएर बस्नु हुँदैन।
– घमौराको समस्याबाट टाढै रहन कागतीपानी खाइरहने गर्नुपर्छ ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल












प्रतिक्रिया