

एसिया कप क्रिकेटका लागि पाकिस्तानको हाइब्रिड मोडललाई अनुमोदन गर्ने एसीसीको तयारी



काठमाण्डाै
एसिया कप क्रिकेटका लागि पाकिस्तानले अघि सारेको हाइब्रिड मोडललाई एसियाली क्रिकेट काउन्सिल एसीसीले अनुमोदन गर्ने तयारी गरेको छ ।
भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले भारतले खेल्ने खेलहरु पाकिस्तान बाहिर खेल्ने गरी हाइब्रिड मोडल अघि सारेको छ । यो मोडलमा एसीसीले सहमति दिने सम्भावना रहेको क्रिकेट सम्बन्धी अनलाइन क्रिक इन्फोले जनाएको छ ।
पीसीबीले भारतले खेल्ने खेल तटस्थ मैदानमा खेल्न पाउने जनाएको छ । तटस्थ मैदानमा हुने खेल आफ्नो मैदानमा गर्ने श्रीलङ्काले जनाएको छ । एसिया कपका ४ वटा खेल भारतले पाकिस्तानको भूमि बाहिर खेल्ने सम्भावना छ, भारत फाइनलमा पुग्यो भने पाँच वटा खेल पाकिस्तान बाहिर हुनेछन् । तर भारतले भने हाइब्रिड मोडललाई अझै स्वीकृति दिएको छैन ।
भारतले पाकिस्तानमा हुने एसिया कप बहिष्कार गरेमा आफूहरु पनि भारतमा हुने एकदिवसीय विश्व कपमा सहभागी नहुने पाकिस्तानले चेतावनी दिइसकेको छ । यदि पाकिस्तानले अहिले अघि सारेको हाइब्रिड मोडलमा भारतले सहमति जनाएमा आउँदो नोभेम्बरमा हुने विश्व कपमा पाकिस्तानको भारत यात्रा पनि सहज बन्नेछ ।
एसिया कप क्रिकेट आउँदो सेप्टेम्बरमा हुनेछ । नेपाल पनि एसिया कप क्रिकेटमा छनोट भएको छ । नेपाल, भारत, पाकिस्तान, बङ्लादेश, श्रीलङ्का र अफगानिस्तान गरी ६ वटा टोलीले एसिया कप खेल्नेछन् । नेपाल रहेको समूहमा भारत र पाकिस्तान रहेका छन् ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया