

थ्री स्टार क्लब रेलिगेशनबाट जोगिन सफल, एपीएफ ‘बी’ डिभिजनमा घटुवा

काठमाण्डाै
थ्री स्टार क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको रेलिगेशनबाट जोगिएको छ । आज दशरथ रङ्गशालामा जावलाखेल युथ क्लबलाई १–० गोलले हराउँदै थ्री स्टार ‘बी’ डिभिजन घटुवाबाट जोगिएको हो । उसका लागि विक्रम लामाले पेनाल्टीमा गोल गरे ।

आज पराजित भएको भए थ्री स्टार रेलिगेशनमा पर्ने थियो । थ्री स्टार ‘ए’ डिभिजन लिगमै रहने भएपछि सशस्त्र प्रहरीको एपीएफ क्लब भने रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा भएको छ । यो सिजनमा खुमलटार युथ क्लब र एपीएफ क्लब ‘बी’ डिभिजनमा घटुवा भएका छन् ।
लिगको उपाधि चर्च ब्वाइज युनाइटेडले जितिसकेको छ । चर्च ब्वाइजले ‘बी’ डिभिजनबाट बढुवा भएको पहिलो वर्ष नै ‘ए’ डिभिजन लिगको उपाधि उचाल्न सफल भएको हो । लिगमा आज भएको पहिलो खेलमा मच्छिन्द्र फुटबल क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई ३–१ गोलले हरायो । यो सँगै मच्छिन्द्रले ४५ अङ्कसहित दोस्रो स्थानमा रहेर यो सिजनको लिग टुङ्ग्याएको छ ।
मनाङ भने ३२ अङ्कसहित आठौँ स्थानमा रह्यो । आजै च्यासल मैदानमा भएको खेलमा सङ्कटा क्लब र न्युरोड टिम एनआरटीले १–१ गोलको बराबरी खेलेका छन् । एनआरटीले ३४ अङ्कसहित छैटाैँ स्थानमा र सङ्कटाले ३२ अङ्कसहित नवौँ स्थानमा रहेर लिगको यात्रा सम्पन्न गरेका छन् । आजदेखि ‘ए’ डिभिजन लिगको यो सिजनका सबै खेल सकिएका छन् ।


खबर सबै
-
विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा
-
विष्णु पौडेल पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै






प्रतिक्रिया