

पशुपतिनाथ मन्दिरमा भोकालाई भोजन प्यासी लाई पानी अभियान संचालन हुदै


पारस भुषाल, काठमाण्डौ । पशुपतिनाथको चरणमा बसेर दिनदुखी,अशक्त,आमा बुवा,दाजुभाई तथा दिदिबहिनीहरूको सेवा गर्ने सुनौलो अवसर जय महांकाल युवा समुहलाई प्राप्त भएको छ । पशुपति क्षेत्र बिकाष कोष संगको सहकार्यमा पशुपति क्षेत्रमा रहेको भोका मानिसहरूको पेट भर्ने कार्य यही मिति २०८० जेठ २७ गते शनिबारबाट संचालन हुने भएको हो ।
बिहिबार पशुपति बिकाष कोषमा आयोजित एक कार्यक्रममा पशुपति क्षेत्र बिकाष कोषका सदस्य सचिव डा. मिलन ढकालले मानव धर्मको रक्षाको लागि जय महांकाल युवा समुहको कार्यलाई उच्च मुल्याङ्कन गर्दै यस्तै युवाहरूको समुहले नै देश र धर्मको रक्षा गर्ने बताउनुभयो ।
जय महांकाल युवा समुहको महासचिव मनिष विक ज्युलाई फुलमाला र खादाले सम्मान गर्दै पशुपतिनाथमा स्वागत पनि गर्नुभएको छ । पशुपतिनाथ मन्दिरलाई भोक मुक्त , बिकृति मुक्त बनाउन सहकार्य समन्वयन गर्दै अगाडि बढ्ने कुरा पनि बताउनु भएको छ ।
त्यस महाकाल समुहले शनिबारबाट पशुपति क्षेत्रमा भोकालाई भोजन प्यासीलाई पानी अभियान संचालन गर्दै भोजनदान गर्ने,यो सुनौलो अवसर जुराईदिने जय महाकाल युवा समूह संस्थाको सल्लाहकार फिलिङ तामाङलाई धन्वयवाद ज्ञापन गरेको छ भने पशुपति बिकाष कोषका सचिव डा. मिलन ढकालले भगवानको सेवा र धर्म रक्षाको लागि आफुलाई उभ्याउनु भएको छ त्यस कार्यमा हामी सबैले साथ सहयोग गर्नुपर्छ र गरौं भन्ने विचिार प्रकट गरेको सस्थाका केन्द्रिय कार्यसमिति सदस्य अनिस त्रिपाठीले जानाकारि गराउनुभएको छ।


खबर सबै
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन






प्रतिक्रिया