

एसियन कप छनोटमा नेपाल म्यानमारसँग ५ गोलले पराजित


काठमाण्डाै – एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग पराजित भएको छ । नेपाल म्यानमारसँग ५–० गोलको फराकिलो अन्तरले पराजित भएको हो ।
छनोटको समूह ‘बी’ मा नेपाल, म्यानमार, चीन र चाइनिज ताइपेइ रहेका छन् । नेपालले पर्सि बिहीवार चीन र शनिवार चाइनिज ताइपेइसँग खेल्नेछ ।
नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको थियो । नेपाली टोलीका प्रशिक्षक यमप्रसाद गुरुङले पहिलो चरणको सफलताले मनोबल बढाएको छ, अबका हरेक खेल जित्नकै लागि खेल्ने बताउनुभएको छ ।
उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने २० वर्षमुनिको महिला एसियन कप खेल्नेछ ।


खबर सबै
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा






प्रतिक्रिया