

‘ए’ डिभिजन लिगको उपाधि चर्च ब्वाईजले जित्यो


काठमाडौं। चर्च ब्वाईज युनाईटेडले शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मङ्गलबार भएको खेलमा चर्च र थ्री स्टार क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएसँगै चर्चले उपाधि जितेको हो।
उपाधिको लागि केवल १ अंकको आवश्यकता भएको चर्चले खेल बराबरी भएसँगै १ खेलअगावै उपाधि जितेको हो। चर्चले ‘ए’ डिभिजनमा बढ्वा भएपश्चात्को पहिलो लिगमा नै उपाधि जितेको हो।
प्रशिक्षकका रूपमा बालगोपाल महर्जनको यो पहिलो ए डिभिजन लिगको उपाधि पनि हो। चर्चले २५ खेलमा ४५ अंक जोडेर शीर्ष स्थानमा रहन सफल भयो। २४ खेलबाट मच्छिन्द्र ३९ अंकसहित दोस्रो स्थानमा छ। २५ खेलबाट २८ अंक जोडेको थ्री स्टार१२औं स्थानमा छ ।


खबर सबै
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा






प्रतिक्रिया