

पाल्पा जिप दुर्घटनाले शोकमा पाणिनी गाउँपालिकाः मंगलबार शोक विदा



ई–साझाकुरा । अर्घाखाँचीको पाणिनी गाउँपालिकाले भोलि मंगलबार शोक विदा दिने भएको छ । आईतबार साँझ साढे ५ बजे पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा भएको जिप दुर्घटनामा परी एकै घरका २ जना सहित ५ जनाको मृत्यु भएको शोकमा पालिकाले भोलि मंगलबार बिदा दिएको गाउँ पालिकाका अध्यक्ष टेकराज न्यौपानेले जानकारी दिनु भयो ।
दुर्घटनामा परी घाईते १० जनाको रूपन्देहीका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । पाणिनी गाउँ पालिकाका गाउँ सभा सदस्य कृष्ण प्रसाद पोख्रेल ९बिजय० सहित गाउँपालिकाका ५ जनाको ज्यान गएको भन्दै सिङ्गो गाउँ पालिका स्तब्ध भएको र शोकाकुल परिवारजनमा धैर्यधारणा गर्ने शक्ति प्राप्त होस भनिएको छ ।
साथै घाईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालको हस्ताक्षर रहेको जारी सूचनापत्रमा उल्लेख गरिएको छ ।
थप पढ्नुहोस् ।
पाल्पा जिप दुर्घटना : मृतकको संख्या ५ पुग्यो, ५ जना सख्त घाइते
थप पढ्नुहोस् ।
सालझण्डीबाट अर्घाखाँची जाँदै गरेको जिप दुर्घटना, तीनजनाको मृत्यु


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया