
सालझण्डीबाट अर्घाखाँची जाँदै गरेको जिप दुर्घटना, तीनजनाको मृत्यु

बुटवल । पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आइतबार साँझ ५ बजे रैनादेवी छहरा गाउँपालिका ८ सत्यवतीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
रूपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप दुर्घटनामा परेको हो। अत्यधीक लोड भएकाले जीप अनियन्त्रित भएर अन्दाजी ७० मिटर तल खसेको हो।
दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र १२ जना घाइते भएको रैनादेवी छहरा(८ का वडाअध्यक्ष रेमबहादुर रानाले जानकारी दिए।
स्थानीय, इलाका प्रहरी कार्यालय भुझुङ, प्रहरी चौकी बल्ढेङगढी र इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले घाइतेको उद्धार गरेको छ। घाइतेहरूलाई बुटवल तर्फ पठाएको पनि वडाध्यक्ष रानाले बताए।
मृतकहरूको शव पनि पोष्टमर्टमको लागि बुटवल पठाएको छ। मृतकको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया