

विजयनगरमा बृहत छाला शिविर सम्पन्न





दुर्गा प्रसाद काफ्ले, बिजयनगर । कपिलवस्तु जिल्लाको बिजयनगर गाउँपालिका वडा नम्बर ७ मा १ दिने वृहत छाला शिविर सम्पन्न भएको छ । बिजयनगर गाउँपालिका स्वास्थ्य शाखा , गणेशपुर स्वास्थ्य चौकीको आयोजना तथा स्वास्थ्य कार्यालय कपिलवस्तुको समव्यय र आनन्दवन अस्पताल ललितपुर फाइरमेड कालिकाको प्राबिधिक सहयोगमा शिविर शनिबार सम्पन्न भएको स्वास्थ्य चौकी प्रमुख गौतम रायले जानकारी दिनु भयो ।
कुष्ठ रोगको पहिचान र सुधार मुखी अभियानका लागि उक्त शिविर सन्चालन गरिएको र कुष्ठ रोग छालाको माध्यमबाट लाग्ने समेत शिविरमा बताइएको थियो ।
सेवाग्राहीलाई मध्यजनर गरी आनन्दवन काठमाडौका डाः महेश शाह , फिःअर्जुन कार्की , भवन महत , फर्मासिस भुवन खुलाल सुदर्शन कोदार, दिप्कु कुमार बेगदी गौतम राय लगाएतले सेवाग्राहीहरुको राम्रोसँग सँग चेकजाँच तथा परामर्श प्रदान समेत गरी बिरामीहरुलाई औषधि समेत निशुल्क रुपमा प्रदान गर्नु भएको थियो । उक्त शिविरमा ७४ जना महिला र ९० जना पुरुष गरी जम्मा १६४ जना सहभागी भएका थिए ।
कार्यक्रम बिजयनगर गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष एवं गणेशपुर स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष दिनेश कुमार चौधरीको अध्यक्षता बिजयनगर स्वास्थ्य संयोजक यज्ञ प्रसाद अधिकारीको प्रमुख आतिथ्यता र गणेशपुर स्वास्थ्य चौकी प्रमुख गौतम रायको संचालनमा सम्पन्न भएको स्वास्थ्य चौीले जानकारी दिएको छ ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया