

गौतमबुद्ध विमानस्थलमा भारतले दियो ‘आईएलएस’ सञ्चालनको अनुमति



काठमाण्डौ । भारतले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणको सहायतामा जहाज अवतरण अर्थात् इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम आईएलएस सञ्चालनको अनुमति दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा महेन्द्रनगर प्रवेश बिन्दुको हवाई रुटबारे सहमति नभए पनि गौतमबुद्ध विमानस्थलमा आईएलएस सञ्चालनका लागि भने भारतले सहमति दिएको हो ।
यसअघि भैरहवामा आईएलएस सञ्चालनको अनुमति नहुँदा कुहिरो लाग्दा वा अरु कुनै कारणले रन वे नदेखिँदा जहाज अवतरण हुन पाउँदैन थिए । जसका कारण विभिन्न देशबाट काठमाण्डौका लागि आएका जहाज काठमाण्डौमा अवतरण हुन नसकेमा भारत या अरु देशमा जानुपर्थ्यो । अब भने भारत हुँदै भैरहवा आउने जहाजले उपकरणकै सहायतामा अवतरण गर्नेछन् ।
यस्तै, सीमा क्षेत्रको भारतीय आकाशमा जहाज जाँदा पनि भारतको अनुमति लिइरहनु पर्नेछैन । आईएलएस सञ्चालनको अनुमतिसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण सहज हुनेछ ।


खबर सबै
-
थारू बस्तीमा अट्वारीको रौनक
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण






प्रतिक्रिया