

बाणगंगामा वडागत बजेटको सिलिङ तयार, योगदानमा आधारित बजेट वडाले पाउने



कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले भुगोल, जनसङ्ख्या, राजश्वमा पु¥याएको योगदान तथा भौगलिक विकटता गरि चार सुचकका आधारमा वडाहरलाई बजेट सिलिङ दिने निर्णय गरेको छ । नगरको सभाहलमा विहीवार बसेको नगरपालिकाको कार्यपालिका बैठक वडाहरुलाई बजेट सिलिङ दिने निर्णय गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८०÷०८१ को लागि वडाहरुलाई बजेट सिलिङ दिने निर्णय गरेको छ । साथै वडालाई योजना मागको लागि मार्गदर्शन समेत गरिएको नगर प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसद पौडेलले जानकारी दिए ।
अब वडाले टोलटोल बाट योजना माग गर्दै अवश्यक छलफल गरि नगरमा पेस गर्ने छन । कार्यपालिका बैठकमा आर्थिक वर्ष २०७९/८० को प्रगति विवरण समेत प्रस्तुत गरिएको थियो । जस अनुसार ४७५ उपभोक्ता समिति बाट सम्पन्न हुने र ५१ वटा ठेक्का प्रक्रिाया बाट सम्पन्न हुने गरि यस आर्थिक वर्षमा नगर भरि जम्मा ५ सय २६ योजना रहेका थिए ।
जस मध्ये उपभोक्त बाट सम्पन्न हने योजना मध्ये २९३ योजना भुक्तानी भैसकेका छन, भने ठेक्का पट्टा बाट हुने योजना मध्ये १७ वटा योजना भुक्तानी भैसकेको र बाँकी भुक्तानि हुने प्रक्रियामा रहेको नगर प्रमुख चक्रपाणी आर्यलले बताएका छन् । यस आर्थिक वर्षमा ९० प्रतिशत भन्दा धेरै योजना सम्पन्न हुने मेयर अर्यालले बताएका छन् ।
त्यस्तै कार्यपालिका बैठकले महिला स्वयमसेविका हित कोष सञ्चालन कार्यविधि पारित गरेको छ । कार्यविधि पारित भएपछि नगरमा रहेका महिला स्वयमसेविकाको पक्षमा थप प्रभावकारी कार्यक्रम हुने विश्वास लिइएको छ । त्यस्तै भूमिआयोग अन्तर्गत अव्यवस्थित बसोवासीको नापजाँचको प्रक्रिायलाई अघि बढाउने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ ।
नगर प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालको सञ्चालनमा सम्पन्न भएको कार्यपालिका बैठकमा नगर प्रमुख चक्रपाणी अर्याल, उप प्रमुख रिता कुमारी चौधरी लगायतले आ आफ्नो धारण राखेका थिए ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया