

लुम्बिनीको मुख्य न्यायाधिवक्तामा थापा नियुक्त



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुख्य न्यायाधिवक्तामा बुद्धबहादुर थापालाई नियुक्त गरेका छन् । यसअघि पूर्वमुख्यमन्त्री लीला गिरीले नियुक्त गरेका खुमकान्त पौडेलले मुख्य न्यायाधिवक्ताको पदबाट राजीनामा दिएपछि चौधरीले थापालाई नियुक्त गरेका हुन् ।
वरिष्ठ अधिवक्तासमेत रहेका कांग्रेस क्षेत्रीय प्रतिनिधि थापा बुटवल उपमहानगरपालिका ९ निवासी हुन् । उनी नेपाल प्राध्यापक संघका पूर्व केन्द्रीय अध्यक्ष पनि हुन् । उनले बुटवल बहुमुखी क्याम्पसमा लामो समय राजनीतिशास्त्र अध्यापन गराएका थिए ।
राजनीतिशास्त्रमा विद्यावारिधि गरेका थापाले कानुनमा स्नातक गरेका छन् ।


खबर सबै
-
थारू बस्तीमा अट्वारीको रौनक
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण






प्रतिक्रिया