

कपिलवस्तुमा एक महिनामा २१ जना लागूऔषध कारोबारी पक्राउ परे


कपिलवस्तु । कपिलवस्तुबाट वैशाख महिनामा २१ जना लागूऔषध कारोबारी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विशेष अभियान सञ्चालन गर्नुहुँदै लागू पदार्थ कारोबारलाई निरुत्साहन गर्न लागिएको हो । सीमा क्षेत्रमा लागू पदार्थ तस्करी समस्या बन्दै गएपछि न्यून गर्न प्रहरीको हरेक युनिटलाई सक्रिय गराएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले बताउनुभयो ।
सो अवधिमा १० केजी चरेस र १०.३९५ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । यसैगरी, बुधबार शिवराज नगरपालिकाको हरि कुमारी रोकाको घरमा लुकाएर राखेको अवस्थामा चरेस बरामद भएको छ ।
पालिकाको वडा नम्बर ९ बानियाभारमा १०० ग्राम तौल भएको ४१ प्याकेट चरेस बरामद भएको छ । चरेससँगै तीन लाख ९६ हजार बढी रकम बरामद गरेको प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो ।
लागूऔषध कारोबारमा संलग्न देखिएपछि प्रहरीले सोही नगरपालिका वडा नम्बर १ बनकट्टाका देवबहादुर कामीलाई समेत पक्राउ गरेको छ ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया