

भलवाडमा सुरु भयो चार दिने स्वास्थ्य शिविर, कहाँ कहाँ हुँदै छ थाहा पाउनुहोस्


भलवाड । कपिलवस्तुको वाणगंगा नगरपालिका स्वास्थ्य शाखाले संचालन गरेको स्कृनिङ् शिविर वडा नम्बर ९ मा सुरु गरिएको छ ।
केही दिन अघि नगरपालिकाको स्वास्थ्य शाखाले नगरका सबै वडामा संचालन गर्ने गरी अभियानको रुपमा ५० वर्ष उमेर माथिका ब्यक्तिहरुको नसर्ने रोग मधुमेह र उच्च रक्तचाप परीक्षण तथा स्कृनिङ्ग शिविरको सूरुवात गरेको थियो ।
आज देखि नगरपालिकाको वडा नम्बर ९मा संचालन गरिएको यो शिविर अब जेठ ४ गते सम्म संचालन हुने बताइएको छ । वडा नम्बर ९ भलवाड स्थित साहारा सामुदायिक वन समूहको सभाहलमा वडा अध्यक्ष तथा भलवाड स्वास्थ्य व्यबस्थापन समितिका अध्यक्ष कमल पौडेलले आफ्नो स्वास्थ्य परीक्षण गरी कार्यक्रमको उद्घाटन गर्नु भएको छ ।
भलवाड टोलमा भएको स्वास्थ्य शिविरमा १ सय २५ जना नागरिकहरुको स्वास्थ्य परीक्षण गरीएको भलवाड स्वास्थ्य चौकी प्रमुख जित बिकास रायमाझीले जानकारी दिनुभएको छ ।
यस्तै भोलि जेठ ३ गते खोजिपुर सामुदायिक वनको सभाहल जिनुवामा र जेठ ४ गते अमृते सामुदायिक वनको सभाहल भर्तापुरमा बिहान ११ बजेदेखि शिविर सञ्चालन हुने जनाइएको छ ।

स्वास्थ्य शिविरमा भलवाड स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक खुस्बु बराल, सिनियर अनमी मनिषा पन्थी, पिपरा अस्पतालका ल्याब ईन्चार्ज राधा गौतमले सेवा प्रदान गरेका छन् ।
व्यक्तिको सन्तुलित खानपान नहुँदा आजभोली अस्वस्थ भई मधुमेह र उच्च रक्तचापबाट ग्रसित हुनुपरेको भन्दै नगरपालिकाको स्वास्थ्य शाखाबाट रोगको पहिचान गर्ने अवसर प्राप्त गरेकोमा विपन्न वर्गमा राहत पुगेको स्थानिय जुगलाल सुनारले बताउनु भयो ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया