

प्रचण्डलाई रास्वपाको आड, ‘खुट्टा नकमाउनुस्’ : लामिछाने



काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्ट्राचारका फाइल खोल्ने विषयमा आड दिएका छन् ।
शुक्रबार बिहान प्रधानमन्त्री निवासमा वालुवाटारमा पुगेर सभापति रविले प्रधानमन्त्रीलाई भ्रष्ट्राचारको फाइल खोल्न खुट्टा नकमाउन भन्दै आड दिएका हुन् ।
पूर्वगृहमन्त्री एवं नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेलगत्तै पनि सभापति रविले प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद दिएका थिए ।
स्रोतका अनुसार आज प्रधानमन्त्रीलाई भेटेरै रविले धन्यवाद दिएका हुन् । उता रवि लामिछानेको सचिवालयले पनि सरकारले भ्रष्टाचारका फाइल खोल्ने हिम्मत गरेको भेटेरै धन्यवाद दिएको बताएको छ ।
त्यस्तै भेटमा भ्रष्टाचारका अन्य फाइलहरु पनि खोल्न सरकारले एक्शन लिनुपर्ने रविले मत राखेका थिए । जसका लागि आफ्नो पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको बताइएको छ । उता प्रधानमन्त्रीले पनि रास्वपाको साथ मागेको जनाइएको छ।


खबर सबै
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै






प्रतिक्रिया