

एकदिवसीय विश्वकप क्रिकेटको छनोट खेल्ने नेपालसहित सबै १० देशको टुङगो लाग्यो





काठमाण्डौ
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोट खेल्ने नेपालसहित सबै १० देशको टुंगो लागेको छ ।
आयरल्यान्डले विश्वकप सुपर लिगको शीर्ष ८ मा रहेर सिधा विश्वकप खेल्ने अवसर गुमाएसँगै छनोटमा सहभागी हुने १० देशको टुंगो लागेको हो । विश्वकप छनोट खेल आउँदो जुन १८ तारिखदेखि जुलाई ९ सम्म जिम्बावेमा हुँदैछ ।
सुपर लिग अन्तर्गत शृंखलाको पहिलो खेल वर्षाका कारण रद्द भएपछि बंगलादेशसँग अंक बाँडेको आयरल्यान्डले सिधा विश्वकप छनोटको अवसर गुमाएको हो ।
सुपर लिगमा सहभागी श्रीलंका, वेस्ट इन्डिज, जिम्बावे र नेदरल्यान्ड्सले यसअघि नै विश्वकप छनोट खेल्ने पक्का भैसकेको छ ।
त्यसमा अब आयरल्यान्ड पनि थपिएको छ । १३ देश सहभागी सुपर लिगबाट आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इंग्ल्यान्ड र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भएका छन्।
यसमा दक्षिण अफ्रिका थपिएको छ । विश्वकप छनोटमा लिग २ बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाएका छन् ।
विश्वकप प्लेअफ क्वालिफायरबाट अमेरिका र युएई शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा पुगेका छन् ।
योसँगै विश्वकप छनोट खेल्ने १० टोलीमा वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका र युएई रहेका छन् ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया