
कृष्णनगरबाट १० किलो चरेस सहित २ जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले अवैध लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका–२ यात्रुगेटबाट अवैध लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ १० किलोग्रामसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा धादिङ खनियाबास गाउँपालिका–५ बस्ने ४९ वर्षीया संगिता तामाङ र सत्यवती गाउँपालिका–१ बस्ने ५९ वर्षीया सेती तामाङ रहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा कपडामा सिलाई ५/५ केजीका दरले दुवै जनाले कम्मरमा लुकाई राखेको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया