

बाल समुहको आयोजनामा सडक नाटक प्रदर्शन

बाँके । इन्सेकद्धारा गठित जानकी गाउँपालिका –६ भाटनपुर्वा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको बाल अधिकार समुहको आयोजनामा बाल अधिकार , शिक्षाको अधिकार, लैङ्गिक समानता, विद्यालय भर्ना अभियानको विषयमा सडक नाटक प्रदर्शन गरिएको छ ।
सडक नाटक बाल अधिकार समुहले तयार गरी श्री नेरामावि विद्यालय प्राङ्गण र भाटनपुर्वा टोलमा देखाएको बाल अधिकार संरक्षक शिक्षक शिला श्रेष्ठले बताउनुभयो । विद्यालय प्रधानाध्यापक अयोध्याप्रसाद यादवले सडक नाटक मार्फत बालबालिकाले अभिभावकहरूलाई सचेत बनाउन टेवा पु¥याएको र विद्यालय परिवारले सहकार्य सहयोग गर्ने प्रतिबद्धता गनुभयो ।
जानकी गाउँपालिका ६की दर्शक कविता यादवले बालबालिकाले शिक्षाको अधिकार सुनिश्चित गर्न गरिएको सडक नाटक अभियान सफलताको शुभकामना दिँदै आफुले पनि सचेतनामा सहयोग गर्ने बताउनुभयो । सामाजिक अभिन्यता मोहम्मद सलिम अन्सारीले सडक नाटकले अभिभावकलाई शिक्षा सम्बन्धी सचेतना दिएकोले बाल अधिकार समुहलाई अरू गाउँटोलहरूमा पनि देखाउन अनुरोध गर्नुभयो ।
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत विद्यालयबाट बाल अधिकार सचेतनाको कार्यक्रम बाल अधिकार समुहको माध्यमबाट कार्यक्रम सञ्चालन गरिरहेको इन्सेक कार्यक्रम अधिकृत सरस्वती मल्लले बताउनुभयो ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया