

क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने सरकारको निर्णय

काठमाण्डाै
सरकारले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेको राष्ट्रिय क्रिकेट टोलीका खेलाडी र मुख्य प्रशिक्षकलाई नगद पुरस्कार दिने निर्णय गरेको छ ।
आज बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले एसीसी प्रिमियर कप खेलेका राष्ट्रिय टोलीका हरेक खेलाडी र मुख्य प्रशिक्षकलाई छ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको हो । यस्तै अफिसियललाई तीन लाख रुपैयाँका दरले प्रोत्साहत रकम दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
यस्तै सरकारले नेपाली क्रिकेटले पाएको सफलताले नेपालको गौरव बढेको निष्कर्ष निकाल्दै त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिका लागि आउँदो बजेटमा विशेष प्राथमिकता दिने पनि निर्णय गरेको छ ।


खबर सबै
-
विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा
-
विष्णु पौडेल पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै






प्रतिक्रिया