

युएईलाई हराउँदै नेपाल विजयी, अब एसिया कपमा भारत र पाकिस्तानसँग भिड्ने


काठमाडौं । एसीसी पुरुष प्रिमियर कप क्रिकेटको फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँगको खेल नेपालले जितेको छ। नेपालका लागि गुल्सन झा र भीम सार्कीले महत्वपूर्ण साझेदारी गर्दै जिताएका हुन्।
नेपालले लगातार विकेट गुमाइरहेका बेला उनीहरुले सम्हालिनुका साथै रनरेटसमेत उकासेका हुन्। नेपालका लागि झाले महत्वपूर्ण योगदान गरे। उनले ६७ रन बनाउने क्रममा उनले ६ छक्का र ३ चौका प्रहार गरे।
अलराउन्डर झालाई आजको खेलमा तेस्रो नम्बरमै ब्याटिङका लागि पठाइएको थियो। नियमित क्रमका भीम सार्कीलाई तेस्रो चौथो नम्बरमा झारिएको थियो।
सार्कीले ७२ बलमा ३६ रनको योगदान गरे। त्यसअघि नेपालले तीन विकेट लगातार गुमाएको थियो। नेपालले जम्मा एक रन बनाउँदा ओपनर कुशल भुर्तेल रोहन मुस्तफाबाट एलबीडब्लू आउट भएका थिए भने ६ ओभरमा जम्मा १९ रन बनाउँदा आसिफ शेख आयान खानबाट एलबीडब्लू धरापमा परे।
यूएईलाई सस्तोमै समेट्ने क्रममा नेपालका लागि ललित राजवंशीले उत्कृष्ट बलिङ गरेका छन्। उनले ७ दशमलव एक ओभर बलिङ गर्दै जम्मा १४ रन दिएर चार विकेट लिए। करण केसी र सन्दीप लामिछानेले दुईरदुई विकेट लिए भने सोमपाल कामी र गुल्सन झाले एकरएक विकेट लिएका छन्।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया