

शेयर बजार १९ अङ्कले घट्याे



काठमाण्डाै
शेयर बजार आज आइतवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ११ अङ्कले घटेर एक हजार आठ सय ७० दशमलव ६५ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेर राताम्मे भएको छ । बजार घटेको दिन आज कारोबार रकम भने केही बढेको छ । आज दुई सय ७१ वटा कम्पनीका ३२ लाख छ हजार कित्ता शेयर ९५ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको चार करोड २५ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै अपर सोलु हाइड्रोपावरको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२ काे शेयर तीन प्रतिशतभन्दा धेरैले बढेकाे छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया