

शेयर बजार १९ अङ्कले घट्याे



काठमाण्डाै
शेयर बजार आज आइतवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ११ अङ्कले घटेर एक हजार आठ सय ७० दशमलव ६५ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेर राताम्मे भएको छ । बजार घटेको दिन आज कारोबार रकम भने केही बढेको छ । आज दुई सय ७१ वटा कम्पनीका ३२ लाख छ हजार कित्ता शेयर ९५ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको चार करोड २५ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै अपर सोलु हाइड्रोपावरको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२ काे शेयर तीन प्रतिशतभन्दा धेरैले बढेकाे छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया