नेपालको उत्कृष्ट बलिङ, तीन ओभर नसकिँदै कुवेतले गुमायो तीन विकेट

काठमाडौं । एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतविरुद्ध उत्कृष्ट बलिङ गरेको छ । नेपालले दिएको २८२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको कुवेतका तीन सुरुआती ब्याट्स्मेन आउट भएका छन् ।

कुवेतले तीन ओभर पनि नसकिँदै तीन विकेट गुमाएको हो । कुवेतका दुई ब्याट्स्मेन खाता पनि नखोली पेभेलियनतर्फ फर्किए ।
नेपालको तर्फबाट करण केसी, ललित राजवंशी र सोमपाल कामीले एकरएक विकेट लिए ।

यसअघि वर्षाका कारण दुईपटक रोकिएको खेललाई ४२ ओभरमा घटाइएपछि नेपालले पूरै ओभर खेल्दै ९ विकेट क्षतिमा २८१ रन रन बनाएको थियो ।

प्रतिक्रिया