

दाङ : घोराहीका शिक्षक कालोपट्टी बाँधेर काममा

दाङ
नेपाल शिक्षक महासंघको आह्वानमा घोराहीका शिक्षकहरुले आज बुधवार हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् ।
घोराही उपमहानगरपालिकाले १ सय १ जना शिक्षकहरुको सरुवा गरेको बिरोधमा काम गरेका हुन । शिक्षक सरुवाको नेपाल शिक्षक महासंघ सहित शिक्षकका बिभिन्न १३ वटा संगठनले विरोध गरेका छन् । जिल्लामा क्रियाशील ८ वटा संगठनले संयुक्त विज्ञप्ति निकालेर पर्सि शुक्रवार दिउँसो २ बजे घोराहीमा बिरोध र्याली निकाल्ने भन्दै उपस्थितिको लागि आग्रह गरेका छन् । घोराही उपमहानगरपालिकाले चैत ८ गते दरबन्दी मिलानका नाममा १ सय १ जना शिक्षकको सरुवा गरेपछि शिक्षकहरु आन्दोलित भएका छन् ।
प्राथमिक तहको दरबन्दी मिलानका नाममा मा.वि. निमावि र सहयोगी कार्यकर्ताको ज्यादतीपूर्ण सरुवा गरेपछि आन्दोलनको विकल्प नभएको नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डाँगीले जानकारी दिनुभयो ।


खबर सबै
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव









प्रतिक्रिया