

अमेरिकी डलरमा झिनो सुधार, युरोकाे पनि भाउ बढ्यो



काठमाडौं
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
अमेरिकी डलरको भाउ एक पैसाले बढेको छ । मंगलबार २९ पैसाले घटेको डलरमा बुधबार झिनो सुधार आएको हो। बुधबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । यसअघि मंगलबार उक्त डलरको खरिदमूल्य १३० रुपैयाँ ७६ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ३६ पैसा कायम गरिएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार बुधबार युरोपियन युरो १६ पैसाले बढेको छ । बुधबार युरो एकको खरिददर १४४ रुपैयाँ ७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा कायम गरिएको छ। मंगलबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ९१ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ५७ पैसा कायम गरिएको थियो। बुधबार बेलायती पाउण्ड स्टर्लिङकाे पनि भाउ बढेको छ। यसको खरिददर १६२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ४६ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १२ पैसाले बढेको हो । मंगलबार यसको खरिदमूल्य १६२ रुपैयाँ ५९ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ३३ पैसामा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ५ पैसा र बिक्रीमा ८७ रुपैयाँ ४५ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ १७ पैसा र बिक्रीमा ९६ रुपैयाँ ६१ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।
बुधबार युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७७ पैसा, साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३५ रुपैयाँ २ पैसा कायम गरिएको छ । यसअघि मंगलबार पनि सोहिमूल्यमा युएई दिराम र साउदी अरेबियन खरिदबिक्री भएको थियो ।बुधबार मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ४७ पैसा र बिक्रीदर २९ रुपैयाँ ६० पैसामा पाइनेछ ।
उता, कुवेती दिनार एकको खरिदमा बुधबार ४२७ रुपैयाँ ५ पैसा र बिक्रीमा ४२९ रुपैयाँ एक पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ४६ पैसा तोकिएको छ।


खबर सबै
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक






प्रतिक्रिया