

एसिसी प्रिमियर कप : साउदीले कतारलाई र कुवेतले बहराइनलाई हरायो



काठमाण्डाै : एसिसी प्रिमियर कप क्रिकेटमा साउदी अरेबियाले कतारलाई ७ विकेटले हराएको छ । कतारले दिएको दुई सय १७ रनको लक्ष्य साउदीले ३४ ओभर २ बलमा तीन विकेटको क्षतिमा पूरा ग¥यो । त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कतारले ४९ दशमलब ५ ओभरमा अलआउट हुँदै एक सय १६ रन बनायो । साउदीको यो पहिलो जित हो । कतारले लगातार दुई खेल हारेको छ । यो प्रतियोगितामा १० देश सहभागी छन् ।
यस्तै आजै भएको अर्काे खेलमा कुवेतले बहराइनलाई २ विकेटले हराएको छ । बहराइनले दिएको दुई सय ५६ रनको लक्ष्य कुवेतले ४४ ओभर २ बलमा ८ विकेटको क्षतिमा पूरा ग¥यो । त्यसअघि मुलपानी मैदानमा टस हारेर पहिला ब्याटिंङ गरेको बहराइनले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा दुई सय ५५ रन बनायो । आज कुवेतले पहिलो जित र बहराइनको पहिलो हार हो ।
समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेविया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया