

एसीसी प्रिमियर कपमा ओमानले कतारलाई ४० रनले हरायो

काठमाण्डौ ।एसीसी मेन्स प्रिमियर कपमा ओमानले विजयी सुरुवात गरेको छ । आज बुधवार भएको खेलमा ओमानले कतारलाई ४० रनले हरायो ।
ओमानले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको कतार ४७ ओभर २ बलमा २ सय ९ रनमा अलआउट भयो । कतारका लागि कप्तान मोहम्मद रिजलानले ४३ र खुरम शहजादले ३० रन बनाए । बलिङतर्फ ओमानका बिलाल खानले ४ विकेट लिए ।
यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४९ रन बनायो । ओमानका लागि आयान खानले नटआउट ६४, जेशान मकसूदले ४१ र सन्दीप गौदले ३४ रन बनाए । बलिङतर्फ कतारका मुहम्मद मुराद र आमिर फरुकले ३र३ विकेट लिए ।
यो जितसँगै समूह ुएु मा रहेको ओमानले महत्त्वपूर्ण २ अङ्क जोडेको छ । एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । हिजो मङ्गलवारदेखि सुरु भएको प्रतियोगिता आउँदो १८ गतेसम्म हुनेछ ।
प्रिमियर कपको समूह ुएु मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ुबीु मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् ।


खबर सबै
-
विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा
-
विष्णु पौडेल पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै






प्रतिक्रिया