

बाणगंगामा कोरोना बिरुद्धको बुस्टर डोज खोप प्रदान





राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा कोभिड १९ बिरुद्धको बुस्टर डोज खोप लगाइएको छ । बाणगंगाका तीन वटा वडाका तीनवटा स्वास्थ्य चौकीबाट मात्रै पछिल्लो पटक अमेरिकन फाइजर कम्पनीको बुस्टर डोज खोप नागरिकहरुलाई प्रदान गरिएको हो ।
लगातार दुई पटक कोरोना बिरुद्धको खोप लिएका नागकिहरुले बुस्टर डोज लगाउन पाउने छन् । यसपटक दिएको खोपमा कतिपयले पहिलो बुस्टर लगाएका छन भने कतिपयले दोस्रो मात्रको रुपमा यो खोप लगाएको मोतिपुर स्वास्थ्य चौकी चप्परगाउँका प्रमूख हिमलाल घिमिरेले जानकारी दिनुभयो ।
अहिले यो खोप बाणगंगाका वडा नम्बर ७, ८ र ११ मा गरी तीनवटा स्वास्थ्य चौकीबाट लगाइएको हो । वडा नम्बर ८ अन्र्तगत चप्परगाउँ स्थित मोतिपुर स्वासथ्य चौकीलाई प्राप्त पछिल्लो तीन सय डोज खोप आज लगाएर सकिएको प्रमूख घिमिरेले बताउनुभयो ।
१२ वर्ष भन्दा माथिका नागरिकहरुलाई उक्त खोप प्रदान गरिएको छ । विशेष गरी खोपको पहिलो प्राथामिकतामा बैदेशिक रोजगारीमा जानेहरुलाई राखिएको थियो भने त्यसपछि ज्येष्ठ नागरिक, बिरामी, गर्भवती तथा सुत्केरीहरुलाई लगाएको छ भने जनप्रतिनिधि र कर्मचारी तथा शिक्षकहरुलाई पनि उक्त खोप प्रदान गरिएको घिमिरेले बताउनुभयो ।
मोतिपुर स्वास्थ्य चौकी चप्परगाउँमा पछल्लो पटकको १ हजार २ सय डोज खोप प्राप्त भएकोमा उक्त सबै डोज खोप लगाइसकिएको पनि घिमिरेले जानकारी दिनुभयो । खोप सुरक्षितर विश्वस्नीय रहेका कारण यसको नकारात्मक असर केही पनि नदेखिने उहाँको भनाई छ । खोप लगाएको ठाउँमा सामान्य दुखाइ भएपनि यसले अन्य असर स्वास्थ्यमा नदेखाउने बताइएको छ ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया