

सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैँलाई ठोके गोली



दाङ
दाङमा एक प्रहरीका सहायक हवल्दारले आँफैमाथि गोली प्रहार गरि आत्महत्या गरेका छन् । आइतबार राति तुलसीपुरका सशस्त्र प्रहरीका सहायक हवल्दारले आँफैलाई गोली हानेका हुन् ।
उनी तुलसीपुर उपमहानगरपालिका– ८ कै टिकरीका ३५ वर्षीय वसन्त केसी रहेका छन् । प्रहरीका अनुसार उनले आइतबार बेलुका साढे ८ बजेतिर आफैँलाई गोली हानेका थिए । तुलसीपुर कारागारमा डिउटीमै रहेका बेला उनले आँफैमाथि गोली चलाएका हुन् ।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । पारिवारिक समस्याका कारण उनले आँफैमाथि गोली प्रहार गरि आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक केसी पाँच दिन अघि मात्रै तुलसीपुरमा सरुवा भएर आएका थिए ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया