

तत्काल पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्ने जोखिम, स्वास्थ्यमा ख्याल गर्न डाक्टरको आग्रह





काठमाण्डाै
काठमाण्डौसहित मुख्य सहरमा केही दिनदेखि प्रदूषण बढेको छ । अझै तीन दिनसम्म पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्ने देखिएको छ ।
सुक्खापन बढ्दा र मानवीय लापरबाहीका कारण देशका धेरै वनजङ्गलमा डढेलो लागेको र यही कारण प्रदूषण बढेको विज्ञले बताएका छन् । धुवाँ फाल्ने पुराना गाडी र सडकका धुलो लगायतका कारण पनि प्रदूषण बढेको हो ।
तत्काल पानी पर्ने र हावा चल्ने सम्भावना नरहेकाले प्रदूषण र तुवाँलो अझै बढ्ने मौसमविद् रोजन लामिछानेले बताउनुभयो । उहाँका अनुसार आउँदो बिहीवार र शुक्रवार देशका पश्चिमी क्षेत्रमा पानी पर्ने सम्भावना छ । तर, त्यसअघि भने खासै पानी पर्ने सम्भावना नरहेको उहाँले बताउनुभयो ।
प्रदूषण मापन गर्ने एक्यूएयरका अनुसार अहिले पाटनमा हावाको गुणस्तर सूचकाङ्क एक्यूआई १८६ छ । यस्तै, काठमाण्डौ रत्नपार्कको १८०, कीर्तिपुरको १७४, भक्तपुरको १६९ र दाङको तुलसीपुरको १६६ रहेको छ ।
प्रदूषण एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने एक सयभन्दा माथि भएमा सबैका लागि अस्वस्थ हुन्छ । प्रदूषणका कारण रुघाखोकी, दम र निमोनियाका बिरामी बढेका छन् ।
यस्तै, कतिपयलाई धुवाँधुलोका कारण घाँटीमा सङ्क्रमण भइरहेको छ भने कतिपयलाई एलर्जीको समस्या समेत देखिन थालेको छ । छाती रोग विशेषज्ञ डाक्टर निरज बमका अनुसार प्रदूषणका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीहरुमा बढी असर परेको छ । रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले उनीहरुलाई छिट्टै रोगले आक्रमण गर्ने डाक्टर बमले बताउनुभयो ।
यस्तै, प्रदूषणका कारण स्मरण शक्तिमा समेत असर पर्ने डाक्टरले बताएका छन् । प्रदूषण बढिरहेकाले सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परे मास्क लगाउन, प्रशस्त पानी पिउन, श्वास फेर्न गाह्राे भए वा खोक्दा छाती दुखे, रगत आए तत्काल अस्पताल जान डाक्टरको सुझाव छ ।
यस्तै, प्रदूषणका कारण आँखा पोल्ने समस्या समेत देखिन थालेको छ । धुलो र प्रदूषणबाट आँखा जोगाउन डाक्टरले सिफारिस गरेका चश्मा लगाउन नेत्र रोग विशेषज्ञ डाक्टर इन्दुप्रसाद ढुङ्गेलको सुझाव छ ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया