रुपन्देहीमा सेवाग्राहीले लगाए एनआईसी बैंकमा ताला

बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा अवस्थित एनआईसी एशिया बैंकमा सेवाग्राहीले तालाबन्दी गरेका छन् । बैंकले ज्यादती गर्दै करोडौंको सम्पत्ति हडप्नेगरी नियतबस सेवाग्राहीको जग्गालाई लिलामी प्रक्रियामा लगेको भन्दै आइतबार तालाबन्दी गरिएको हो ।

स्थानीय होटल व्यवसायी तथा बैंकका सेवा ग्राही उमाशंकर मिश्राको होटल आकाशको भवन र पार्किङ रहेको करिब ४६ धुर तथा घर रहेको २० धुर जग्गा समयमा किस्ता नतिरेको भन्दै बैंकले लिलामी प्रक्रियामा लगेको छ । १५ करोड बढी मुल्य पर्ने जग्गा धितो लाखेर ४ करोड ऋण निकालेका मिश्राले २०७९ असोज मसान्तदेखि किस्ता नतिरेपछि बैंकले लिलामी प्रक्रियामा लैजान ताकेता गर्दै आएको थियो ।

आर्थिक संकटले किस्ता तिर्न नसकेका मिश्रालाई १० लाख बुझाएमा तत्कालका लागि लिलामी प्रक्रियामा नजाले र किस्ता तिर्न बैंकले केही समय उपलब्ध गराउने आश्वासन दिएर झुक्याएको पीडित बताउँछन् ।

प्रतिक्रिया

खबर सबै