

स्वास्थ्य मन्त्री पन्थीले गरे चन्द्रौटामा ५० सैयाको प्रदेश स्तरीय सरुवा रोग अस्पतालको शिलान्यास


बाबुराम रायमाझी, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पतालको शिलान्यास भएको छ । आज बुधवार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री विष्णु पन्थीले अस्पतालको शिलान्यास गर्नु भएको छ ।
अस्पतालको शिलान्यास गर्दै मन्त्री पन्थीले कोभिडको समयमा संक्रमितले पाएको समस्याले गर्दा प्रदेश सरुवा रोग अस्पतालको अवधारणाको विकास भएको बताउदै प्रदेश सरुवा रोग अस्पताल प्रदेशवासीको लागी गौरवको योजना रहेको बताउनु भयो । निर्माण हुने अस्पताल देशको महत्वपूर्ण अस्पतालको रुपमा विकास गरिने मन्त्री पन्थीले बताउनु भयो ।
सम्बोधनका क्रममा उहाँले हरेक पालिकाको आफ्नै अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताललाई १ हजार ५०० शय्याको अस्पतालको रुपमा विकास गरिने क्रममा रहेको बताउनु भयो ।निर्माण हुने अस्पताल ५० शय्याको हुने छ । २०८१ फाल्गुन सम्म अस्पताल भवन निर्माण सम्पन्न हुने लक्ष्य राखिएको भवन निर्माणको कुल लागत २० करोड ९६ लाख ३ हजार ३२६ रुपैयाँ रहेको छ ।
सिलान्यास कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले ठेक्का भएको १३ महिना पछि भवन निर्माणको काम सुरु भएको बताउनु भयो । जग्गा प्राप्ति, आईईई लगायतका प्रक्रियाले काम ढिलाई भए पनि भवन निर्माणको काम निर्धारीत समयमा काम सकाउन जोड दिनु पर्ने बताउनु भयो ।
अस्पताल निर्माणको ठेक्का स्काई सगुन जेभि बुटवलले पाएको छ । प्रदेश सरकारले डिपिआर गराई भवन निर्माणको लागि कपिलवस्तु निर्धारण भएको प्रदेश स्वास्थ्य सचिव डा. विनोद गिरीले बताउनु भयो । अस्पताल भवन निर्माण निर्धारित समयमा सम्पन्न गरिने र प्रदेश सरकारबाट बजेटको सुनिश्चितता हुने डा. गिरी को भनाई रहेको थियो ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया