

साथीको फोटो राखेर नक्कली फेसबुक बनाई ६० लाख ठगी, एक जना पक्राउ



काठमाडौं । आफ्नै साथीको फोटो राखेर नक्कली फेसबुक अकाउण्ट खोल्दै ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
महिलाको तस्बिर राखेर नक्कली फेसबुक अकाउण्ट प्रोफाइल बनाई ठगी गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले पर्वतको मोदी गाउँपालिका वडा नम्बर २ घर भएका २६ वर्षीय विश्व शर्मालाई नियन्त्रणमा लिएको हो।
फेसबुक अकाउण्ट खोलेर साथी बनाउँदै प्रेमको कुरा गर्दै पटक(पटक विभिन्न बाहनामा रकम मागेको शर्मामाथि आरोप छ।
उनलाई गत चैत २३ गते पक्राउ गरी गत चैत २४ गते काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद लिएर थप अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताए।
शर्माविरूद्ध सामाजिक सञ्जाल दुरूपयोगअन्तर्गत मुद्दा दर्ता गरिएको छ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया