

साथीको फोटो राखेर नक्कली फेसबुक बनाई ६० लाख ठगी, एक जना पक्राउ


काठमाडौं । आफ्नै साथीको फोटो राखेर नक्कली फेसबुक अकाउण्ट खोल्दै ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
महिलाको तस्बिर राखेर नक्कली फेसबुक अकाउण्ट प्रोफाइल बनाई ठगी गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले पर्वतको मोदी गाउँपालिका वडा नम्बर २ घर भएका २६ वर्षीय विश्व शर्मालाई नियन्त्रणमा लिएको हो।
फेसबुक अकाउण्ट खोलेर साथी बनाउँदै प्रेमको कुरा गर्दै पटक(पटक विभिन्न बाहनामा रकम मागेको शर्मामाथि आरोप छ।
उनलाई गत चैत २३ गते पक्राउ गरी गत चैत २४ गते काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद लिएर थप अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताए।
शर्माविरूद्ध सामाजिक सञ्जाल दुरूपयोगअन्तर्गत मुद्दा दर्ता गरिएको छ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया