

बाणगंगाका एक सहित कपिलवस्तुबाट अबैध लागुऔषधसहित दुई जना समातिए


कपिलवस्तु । अबैध लागुऔषध सहित कपिलवस्तुको बाणगंगाका एक जना सहित जिल्लाबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाका दुई फरक फरक स्थानबाट उनीहरु पक्राउ परेका हुन ।
जिल्लाको यशोधरा गाउँपालिका–६ पुर्निहवास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्रामसहित भारत घर भएका ३६ वर्षीय गोरख यादवलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
प्र्रहरी चौकी रंगपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ५५ एएफ ६२४० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक यादवलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कपिलवस्तुको मायादेवी गाउँपालिका–४ चाकरचौडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १० ग्रामसहित बाणंगगा नगरपालिका–८ बस्ने ३४ वर्षीय ओम बहादुर रानालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय चाकरचौडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु.३० प ५४७३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक रानालाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया