

बाणगंगाका एक सहित कपिलवस्तुबाट अबैध लागुऔषधसहित दुई जना समातिए



कपिलवस्तु । अबैध लागुऔषध सहित कपिलवस्तुको बाणगंगाका एक जना सहित जिल्लाबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाका दुई फरक फरक स्थानबाट उनीहरु पक्राउ परेका हुन ।
जिल्लाको यशोधरा गाउँपालिका–६ पुर्निहवास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्रामसहित भारत घर भएका ३६ वर्षीय गोरख यादवलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
प्र्रहरी चौकी रंगपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ५५ एएफ ६२४० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक यादवलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कपिलवस्तुको मायादेवी गाउँपालिका–४ चाकरचौडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १० ग्रामसहित बाणंगगा नगरपालिका–८ बस्ने ३४ वर्षीय ओम बहादुर रानालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय चाकरचौडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु.३० प ५४७३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक रानालाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया