

कपिलधाममा सम्पन्न आँखा शिविरमा पाँच सय बढीले उपचार सेवा लिए





कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित कपिल आरोग्य मन्दिर कपिलधाममा शनिबार आयोजना गरिएको निशुल्क आँखा चेकजाँच शिविरमा पाँच सय बढीले उपचार सेवा लिएका छन् ।
कपिल आरोग्य मन्दिर कपिलधाम र वेष्ट्रन नेपाल डेभलभमेन्ट ट्रष्टको आयोजना तथा वुटवल लायन्स आँखा अस्पतालको प्राविधिक सहयोगमा संचालन गरिएको शिविरमा ५ सय १३ जना आँखाका बिरामीहरुले चेकजाँच गराएका हुन् । जाँच गराएकाहरु मध्ये ५६ जनाको आँखामा मोतिया विन्दुको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
बाणगंगाका वडा नम्बर ७,८ र ९ का आँखाका बिरामीहरुलाई लक्षित गरी उक्त शिविरको आयोजना गरिएको थियो । मौसमी प्रतिकुलतका बिच पनि ५ सय बढीलाई सेवा दिन सकिएको धामका अध्यक्ष शंकर प्रसाद आचार्यले बताउनुभयो । आँखाको समस्या भई उपचारका लागि शिविरमा आएका बिरामीहरुलाई चेकजाँच गरी चश्मा समेत निशुल्क प्रदान गरिएको थियो । मोतियाविन्दुको समस्या देखिएकाहरुलाई भने अप्रेशनका लागि बुटवल लायन्स आँखा अस्पतालमा बोलाइएको छ । लायन्स आखाँ अस्पतालका आँखा रोग विशेषज्ञ सहित वेष्ट्रन नेपाल डेभलभमेन्ट ट्रष्टका पदाधिकारीहरुको शिविरमा उपस्थिति रहेको थियो ।


खबर सबै
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय











प्रतिक्रिया