

धरौटीमा छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन युवक



काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन युवक प्रतिव्यक्ति पाँच हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी देवी पाण्डे खत्रीका अनुसार अघिल्लो साता पक्राउ परेका तीनैजनाले प्रशासनमा धरौटीबापतको रकम बुझाएर रिहा भएका हुन् ।
गत मंगलबार बानेश्वरस्थित एक कार्यक्रममा सोलुखुम्बुका उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङका सोम शर्मा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको भन्दै पक्राउ परेका थिए ।
तीनैजनाविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइएको छ । उनीहरुलाई शुक्रबार प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले पाँच हजार धरौटीमा रिहा गर्न आदेश दिएका थिए । सोहीअनुसार सोमबार धरौटीबापत रकम बुझाएर उनीहरु छुटेका छन् ।


खबर सबै
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै
-
सिद्धबाबा नजिकै कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते
-
सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी






प्रतिक्रिया