

दक्षिण अफ्रिकासँगको पहिलो टी–२० क्रिकेटमा वेस्ट इन्डिज विजयी

काठमाण्डाै
दक्षिण अफ्रिकासँगको पहिलो टी–२० क्रिकेटमा वेस्ट इन्डिज विजयी भएको छ । घरेलु टोली दक्षिण अफ्रिका तीन विकेटले पराजित भयो । योसँगै तीन खेलको टी–२० शृङ्खलामा पाहुना टोली वेस्टइन्डिजले १–० को अग्रता बनाएको छ । जितका लागि १ सय ३२ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले १० ओभर ३ बलमा ७ विकेट गुमाउँदै भेट्टायो ।
वर्षाको कारण खेल ढिलो सुरु हुँदा ११ ओभरमा झारिएको थियो । वेस्ट इन्डिजका कप्तान रोभम्यान पावेल ४३ रनमा अविजित रहे । दक्षिण अफ्रिकाका सिसान्डा मगलाले ३ विकेट लिए पनि टोलीको हार टार्न सकेनन्।
तबरेज शम्सी र एनरिच नोर्कियाले एक/एक विकेट लिए । त्यसअघि सेन्चुरियनमा टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ११ ओभरमा ८ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका डेबिड मिलर सर्वाधिक ४८ रनमा आउट भए । वेस्टइन्डिजका शेल्डन कटरेल र ओडेन स्मिथले समान २ विकेट लिए । दुई देशबीचको दोस्रो खेल आज र तेस्रो तथा अन्तिम खेल मङ्गलवार हुनेछ ।


खबर सबै
-
विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा
-
विष्णु पौडेल पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै






प्रतिक्रिया