

लागुऔषध सहित पाल्पामा दुई युवा पक्राउ


पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ । दोभान प्रहरी चौकिले शुक्रबार चेकजाँचको क्रममा लागुऔषधसहित कास्की अन्नपूर्ण गाउँपालिका–५ बिरेठाटीका ३५ वर्षीय संजय पुल्मी नेवार र धादिङ तिरपुर–३ मुरचोकका ३७ वर्षीय किरण गजमेरलाई पक्राउ गरेको हो ।
बुटवबाट पाल्पातर्फ गइरहेको उनीहरु सवार ग ३ च ५९०१ नम्बरको कारमा चेकजाँच गर्ने क्रममा नुफिन ५० एप्पुल, डाइजेपाम ५० एप्पुल र फेनारगत ५० एप्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । कारसहित दुबैजना युवालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
नियन्त्रणमा लिइएका युवाहरु बुटवलदेखि पाल्पाको बाटोहुँदै पोखरातर्फ जान लागेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया