
कपिलवस्तुमा गाेलि प्रहार गरि लुटिए किराना व्यापारी

कपिलवस्तु । कपिलवस्तुको मायादेबी गाउपालिका पकडी स्थित चाकर चौडा सडक अन्तर्गत बिजुवा पुल नजिकै अज्ञात ब्यक्तिहरुले गोली प्रहार गरी एक किनारा ब्यापारीको १७ लाख बढी लुटपाट गरी फरार भएका छन।
मायादेबी गाउपालिका– १ पकडीका किनारा ब्यापारी रमेश अग्रहरीले चाकरचौडा स्थित आफनो राजीव किनारा एन्ड जनरल स्टोर्सबाट गाडीमा फर्कनेक्रममा ४ वटा मोटरसाईलमा आएका अपराधिक समुहले गोली प्रहार गरी १७ लाख बढी रकम लुटेर लगेका हुन।
बिहीवार राति ८ बजेतिर लु ३ ख ६३१ नम्बरको फोर्स गाडीबाट फर्कनेक्रममा बिजुवा पुल नजिकै २ वटा गोली प्रहार भएको ब्यापारी अग्रहरीले बताए।गोली गाडीको बम्परमा लागेको थियो।अपराधिक समुहले गोली प्रहार गरी गाडी रोकाएका थिए । ४ वटा मोटरसाईलक मध्ये दुई वटामा दुई दुई जना र दुई वटा मोटरसाईलमा एक एक जना सवार थिए।
अपराधिक समुह घटना पछि भारत तर्फ लागेका थिए।घटना बारे जानकारी गराए पछि प्रहरी उपरिक्षक प्रेम बस्नेत र सशस्त्र प्रहरी उपरिक्षक जीवन केसी लगायतको टोली घटना स्थल पुगको थियो।सुरक्षाकर्मीको टोलीले घटना स्थलको निरीक्षण समेत गरेको थियो।प्रहरी उपरिक्षक बस्नेतलले लुटेराहरुको खोजी र सो रकम सहीत घटना अनुसंधान गरीरहेको बताए।घटना कै बिषयमा ईलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक शिव क्षेत्रीको अगुवाईमा अनुसंधान टोली समेत गठन गरिएको छ । गाडी चालकलाई समेत नियन्त्रणमा लिई सोधपुछ गरिएको छ । ढेड महिना अघि समेत चाकरचौडामा एक ब्यापारीमाथी गोली प्रहार भएको थियो।पटक पकट को घटनाले चाकरचौडा क्षेत्र असुरक्षित बनेको त्यस क्षेत्रका ब्यापारीहरु बताउछन । उनीहरुले सुरक्षा स्थिति बजबुदत बनाई अपराधिक समुहलाई तत्कालै पक्राउ गर्न समेत माग गरे । प्रहरी उपरिक्षक बस्नेतले सिमावर्तीै क्षेत्रमा सुरक्षा ब्यवस्था थप कडा गरिएको बताए।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया