

कपिलवस्तुमा गाेलि प्रहार गरि लुटिए किराना व्यापारी



कपिलवस्तु । कपिलवस्तुको मायादेबी गाउपालिका पकडी स्थित चाकर चौडा सडक अन्तर्गत बिजुवा पुल नजिकै अज्ञात ब्यक्तिहरुले गोली प्रहार गरी एक किनारा ब्यापारीको १७ लाख बढी लुटपाट गरी फरार भएका छन।
मायादेबी गाउपालिका– १ पकडीका किनारा ब्यापारी रमेश अग्रहरीले चाकरचौडा स्थित आफनो राजीव किनारा एन्ड जनरल स्टोर्सबाट गाडीमा फर्कनेक्रममा ४ वटा मोटरसाईलमा आएका अपराधिक समुहले गोली प्रहार गरी १७ लाख बढी रकम लुटेर लगेका हुन।
बिहीवार राति ८ बजेतिर लु ३ ख ६३१ नम्बरको फोर्स गाडीबाट फर्कनेक्रममा बिजुवा पुल नजिकै २ वटा गोली प्रहार भएको ब्यापारी अग्रहरीले बताए।गोली गाडीको बम्परमा लागेको थियो।अपराधिक समुहले गोली प्रहार गरी गाडी रोकाएका थिए । ४ वटा मोटरसाईलक मध्ये दुई वटामा दुई दुई जना र दुई वटा मोटरसाईलमा एक एक जना सवार थिए।
अपराधिक समुह घटना पछि भारत तर्फ लागेका थिए।घटना बारे जानकारी गराए पछि प्रहरी उपरिक्षक प्रेम बस्नेत र सशस्त्र प्रहरी उपरिक्षक जीवन केसी लगायतको टोली घटना स्थल पुगको थियो।सुरक्षाकर्मीको टोलीले घटना स्थलको निरीक्षण समेत गरेको थियो।प्रहरी उपरिक्षक बस्नेतलले लुटेराहरुको खोजी र सो रकम सहीत घटना अनुसंधान गरीरहेको बताए।घटना कै बिषयमा ईलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक शिव क्षेत्रीको अगुवाईमा अनुसंधान टोली समेत गठन गरिएको छ । गाडी चालकलाई समेत नियन्त्रणमा लिई सोधपुछ गरिएको छ । ढेड महिना अघि समेत चाकरचौडामा एक ब्यापारीमाथी गोली प्रहार भएको थियो।पटक पकट को घटनाले चाकरचौडा क्षेत्र असुरक्षित बनेको त्यस क्षेत्रका ब्यापारीहरु बताउछन । उनीहरुले सुरक्षा स्थिति बजबुदत बनाई अपराधिक समुहलाई तत्कालै पक्राउ गर्न समेत माग गरे । प्रहरी उपरिक्षक बस्नेतले सिमावर्तीै क्षेत्रमा सुरक्षा ब्यवस्था थप कडा गरिएको बताए।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया