

बाणगंगा ७ मा शनिवारदेखि वडा स्तरीय क्रिकेट प्रतियागिता


कपिलवस्तु । बाणगंगा नगरपालिका ७ मा भोली देखि वडा स्तरिय १९ वर्ष मुनिको क्रिकेट प्रतियोगित हुने भएको छ । वडा नम्बर ७ को बालसञ्जालद्वार आयोजित क्रिकेट प्रतियोगिता भोलि शनिवार देखि सोमबार सम्म चल्ने बालसञ्जालका अध्यक्ष अमृत गिरीले बताउनु भएको छ ।
अहिले देशले क्रिकेटमा राम्रो सफलता प्राप्त गरिरहेको स्मरण गर्दै युवा पुस्तालाई खेल सगँ जोडेर वडालाई खेलको क्षेत्रमा माथि उठाउनको लागि क्रिकेट प्रतियोगिता आयोजना गरिएके गिरीले बताउनु भएको छ ।
भोली देखि सुरु हुन लागेको खेलमा वडाका विभिन्न ६ टिमको सहभागिता हुने जनाइएको छ । प्रतियोगितमा टिम दर्ता निशुल्क रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १० हजार, दोस्रो हुनेले ५ हजार सगँै शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।


खबर सबै
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा






प्रतिक्रिया